कुनै जँड्याहा मान्छे मातेर मनपरी बोल्दै हिँड्छ; बाटो किनारमा छाद्दै आधा दिनसम्म लम्पसार परिरहन्छ; आफू नाङ्गिएको वा लुगा फुस्केको पत्तै हुँदैन । बाटोमा हिँड्नेहरु आँखा–मुख छोपेर हिँड्नुपर्ने स्थिति आउँछ । तर उक्त मानिसको स्वरुपलाई त्यस्तो बनाएर शैतानले परमेश्वरलाई गिज्याइरहेछः ‘हेर, तिम्रो स्वरुपलाई मैले कस्तो बनाएँ?’

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ……..तँ….भुइँमा खसालिएको छस्, ……तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।

बाँदरको हातमा नरिवल भने झैँ मात्र भएको भए पनि शैतानले संसारमाथि त्यति अधिकार हुँदैनथ्यो होला । किनकी बाँदरले नरिवललाई त्यस्तो हानि केही गर्न सक्दैन । तर शैतानलाई संसारमा आफ्नो मनपरी गर्न, थिचोमिचो गर्न, अरुलाई दोष लगाउन र मानिसहरुलाई बहकाउन परमेश्वरले अनुमति दिनुभएको छ । संसार दुष्टको अधीनमा परेको छ । भनिन्छ नि ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुलाई पनि बनाउन दिँदैन’, ठीक त्यसरी नै शैतानले हामीलाई भत्काउन नै चाहन्छ, नष्ट बनाउन चाहन्छ (१ पत्रुस ५ः८)। शायद उसले भन्छ ‘संसार उजाड होस्; अदनको बगैँचामा कुनै फूल नफूलोस्, कुनै फल नफलोस् ।’संसारमा हुन आउने दुःखद घटनाहरुको कारणले कति मानिसहरु मुच्र्छा परिसके होलान् (लुका२१ः२६)। जलवायू परिवर्तनको कारणले वर्षेनी गर्मी बढ्दो छ, पानी वर्षेनी कम पर्दैछ भने कुनै ठाऊँमा अतिवृष्टिको कारणले बाढी पहिरोको सामना गर्नुपरेको छ । साना ठूला पहिरोले डाँडाकाँडा क्षतविक्षत छन् । पृथ्वीको तापमान बढिरहेको हुनाले सञ्चित वरफ पग्लिरहेको छ र समुन्द्र सतह बढिराखेको छ; समुन्द्रको गर्जन र छालहरुबाट हुनसक्ने भयानक विपत्तिको कारणले थुप्रै राष्ट्रहरु व्याकुल छन् (लुका२१ः२५)। युद्धहरुको कारणले ठाऊँ–ठाऊँमा संसार उजाड भएको छ । महँगी बढिरहेको छ; साथै भोकमरी पनि । नयाँ नयाँ निको हुन नसक्ने रोगहरु संसारमा देखापरिरहेका छन् । ‘वर्तमान संसारको रुप बितेर जाँदैछ ।’

पछिल्लो समय मानिसहरुमा दुष्टता अति बढेर गएको छ । मानिसहरुको हृदय हदैसम्म कठोर हुँदै गइरहेको छ । मानिसहरु एक टुक्रा रोटीको लागि कुकर्म गर्न पछि पर्दैनन् । बलात्कार अनि बलात्कार पछि हत्या; भुकम्प पिडीतहरुको राहतमा भ्रष्टाचार जस्ता घटनाहरु हाम्रै देशका तीता सत्यहरु हुन् । आफ्नो स्वार्थको लागि मानिस जे गर्न पनि पछि पर्दैनन्, अझ पछि उसले सोच्छ ‘मैले वास्तवमा गल्ती गरेको थिइँन ।’

कुनै जँड्याहा मान्छे मातेर मनपरी बोल्दै हिँड्छ; बाटो किनारमा छाद्दै आधा दिनसम्म लम्पसार परिरहन्छ; आफू नाङ्गिएको वा लुगा फुस्केको पत्तै हुँदैन । बाटोमा हिँड्नेहरु आँखा–मुख छोपेर हिँड्नुपर्ने स्थिति आउँछ । तर उक्त मानिसको स्वरुपलाई त्यस्तो बनाएर शैतानले परमेश्वरलाई गिज्याइरहेछः ‘हेर, तिम्रो स्वरुपलाई मैले कस्तो बनाएँ?’ मानिसहरु परमेश्वरको विरुद्धमा उभिन किन यति उत्साहित छन्? प्रष्ट कुरा यहि हो कि, मानिस आफैँ शैतान हुनसक्दैन तर शैतानको घोडा अवश्य हुनसक्तछ । तर यहाँ कति जना मित्रहरु ‘क्रिश्चियनहरुले हामीलाई शैतान भने’ भनेर व्यर्थमा रिसाउनुभएको छ ।

धरानमा एउटा कलेज चिन्दछु । जहाँ ‘प्लस टु’ पढ्ने विद्यार्थीहरु सायद धरानभरिमै खुब आकर्षक थिए । केटीहरुको सकेसम्म छोटो फ्रक लाउने प्रयास हुन्थ्यो । पछि त्यसरी कलेज लेभलमा फ्रक लाउन नपाइने नियम आयो । लगभग २ वर्ष भित्रमा कलेजमा विद्यार्थीहरुको सँख्या लगभग एक तिहाई मात्र बाँकी रह्यो । त्यस्तो हराभरा शानदार कलेज आज लगभग सुनसान र व्यवस्थापन लठिभद्र छ भन्ने सुन्छु । मलाई आशा तपाईंहरु कुरा बुझ्दैहुनुहुन्छ । अश्लीलता, मोजमस्ती, धनसम्पत्ति; यही नै हो आजको संसारको वैभव । तर यी सबै वैभवहरु एकदिन टलेर जानेछन् । हिरो–हिरोइन, मोडलहरु जति नाङ्गिन्छन् त्यति चर्चा पाउँछन्, नाम कमाउँछन् । अदनको बगैँचामा परमेश्वरले जनावरलाई मारेर त्यसको छालाले जे छोपिदिनुभयो; तिनै कुरालाई आज मानिसहरु उघार्न हाँसीखुशी ? यस्तो विद्रोही स्वभाव कहाँबाट आउँछ ? सबैले विचार गरौँ ।

प्राचीनकालदेखि चलिआएको परमेश्वर र शैतानबीचको युद्धमा हामी मानिस पिल्सिएका छौँ । तर परमेश्वरले उक्त युद्धमैदानको बिच बाटोबाट भएर उम्किने बाटो देखाउनुभएको छ; आफ्नो पुत्र प्रभु येशू ख्रीष्टबाट भएर । संसाररुपी समुन्द्र चौडा छ, जीवनरुपी नाऊ पूरानो छ, जीन्दगीको यो नाऊलाई प्रभु येशूबाट पाइने पापको क्षमाबाट पार भएर जान सक्छौँ ।

तपाईं हामीलाई थाहै छ; धार्मिक रुपमा विश्वमा सबभन्दा बढी मन नपराइएको जाति क्रिश्चियनहरुनै हुन्; भलै यस संसारको मानिसहरुको सेवामा जीवन समर्पण गर्ने मदर टेरेसालाई नै किन नहोस् । यसको मूख्य रहस्य के होला भन्नुहुन्छ होला ! रहस्य त यहि नै हो कि क्रिश्चिियन विश्वास सत्य भएर नै हो । यसको विरोध अहिले मात्र भएको होइन, यो त प्राचीनकालदेखि चलिआएको कुरा हो । यसमा कोही कसैले अचम्म मान्नुपर्दैन; आफ्नो यात्रामा लम्किरहने हो; आफ्नो दौडलाई दौडिसिध्याउने हो ।

एउटा सोचनीय कुरा के छ भने संसारको वर्तमान स्वरुप बित्दै जानुले शैतानको असफलतालाई दर्शाइरहेको छ ।

निको नहुने रोगहरु, ठूला–ठूला विपत्तिहरु, भोकमरी, युद्ध यी सबै कुराहरुले संसारलाई विनाशतिर धकेलिरहेको छ । आखिर एक दिन विनाश हुनु त छँदैछ । आखिरी दिनहरुको अर्को लक्षण भनेको क्रिश्चियनहरु आफ्नो गवाहीको लागि मर्न तयार हुनु हो । ख्रीष्टको खातिर शहीद हुन आफूलाई तयार पार्नु पनि हो । यो दुनियाँ हाम्रो घर होइन । हामी परदेशमा छौँ । परदेशको बसाइ सँधै सुखद हुँदैन । हामी त मानिसको कानले नसुनेका, दिमागले विचार नगरेका, आँखाले नदेखेका उत्तम कुराहरु; जुन परमेश्वरले आफूलाई प्रेम गर्नेहरुका निम्ति तयार पार्नुभएको छ; तिनै कुरा को खोजीमा छौँ (१कोर. २ः९) । बरु हाम्रो गवाही यसरी लेखियोस्ः ‘….अरुहरुले मृत्युपछि अझ उत्तम जीवन पाउनलाई छुटकारा इन्कार गरेर बरु शास्ति भोगे । अरुहरुले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुप¥यो । तिनीहरुलाई ढुँगाले हाने । तिनीहरु करौँतीले चिरिए । तिनीहरु तरवारले मारिए । भेडा र बाख्राका छालाहरु लाएर कङ्गाल भई क्लेश र दुःख पाएर तिनीहरु यताउता डुलिहिँडे । संसार तिनीहरुका निम्ति योग्यको थिएन । मरुभूमि, पहाडहरु, गुफाहरु र पृथ्वीका ओडारहरु हुँदो तिनीहरुलाई घुमिहिँड्नुप¥यो….’ (हिब्रु ११ः३५–३८)।

हाम्रो नागरिकता स्वर्गमा छ (फिलिप्पी ३ः२०)। नाम जीवनको पुस्तकमा लेखिएको (लुका १०ः२०) । हामी त्यो नयाँ आकाश अनि नयाँ पृथ्वीलाई सम्झेर बस्नुपर्छ (प्रकाश २१ः१) । एकदिन ख्रीष्टको निम्ति सतावट, खेदो, निन्दा सहनेहरु र दुःख भोग्नेहरु त्यो बादलपारीको देशमा जानेछन् । जहाँ मृत्यु छैन, शोक छैन, भोक छैन, रोग छैन, त्यहाँ अमेल छैन (प्रकाश २१ः४); जहाँ हामीलाई धर्मनिरपेक्षता चाहिन्छ भनेर भनिराख्नु पनि पर्दैन । एक अर्कालाई यसरी उत्साह दिने काममा कहिल्यै नथाकौँ ।

Facebook Comments