इसाईहरुद्धारा सरकारमार्फत अति विपन्नका लागि राहत सहयोग

धरान÷स्थानीय सरकार धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा धरानका इसाईहरुले ३५ हजार रकम सहयोग गरेका छन् । चैत्र २१ गते धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई उक्त रकम हस्तान्तरण गरिएको धरान इसाई पाष्टर–अगुवा संघका सचिव पा.गिदोन लामिछानेले जानकारी दिएका छन् । पाष्टर संघको तर्फबाट अध्यक्ष विशप ज्योती थुलुङले १० हजार र धरान इसाई समाजको तर्फबाट अध्यक्ष कमल ह्यूज राईले हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण लाखौं मानिसको ज्यान गएको र नेपालमा समेत संक्रमितहरु देखा परेका कारण सरकारले चैत्र ११ देखि लकडाउन गरेको छ । लकडाउनका कारण इसाईहरुले प्रत्येक शनिवार चर्चमा भेला भएर गर्दै आएको आराधना संगति समेत स्थगित भएको छ । लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी गरेर खानेहरु आर्थिक तथा खाद्यान्नको अभावमा भोकमरीमा परेका कारण उनीहरुको उद्दारका लागि सरकारले राहत संकलन तथा वितरण गरेको हो ।

धरानमा रहेका विभिन्न चर्चहरुले स्वतस्फूर्त रुपमा लकडाउनका कारण भोकमरीमा परेकाहरुलाई खाद्यान्न वितरण गरेका छन् भने आपसमा समेत बाँडिचुँडी खाएका छन् ।

धरानका विभिन्न सुकुम्बासी तथा विपन्नहरु बसोबास गरेको क्षेत्रमा रहेका अति विपन्नहरुलाई खाद्यान्न तथा अन्य राहतका कार्यक्रम सञ्चालन गर्ने स्थानीय सरकारको योजनामा आफुहरुले सानो सहयोग गरेको पाष्टर संघका सचिव लामिछानेले बताए । सचिव लामिछानेले भने– ‘नेपालमा १२ हजारभन्दा बढि चर्चहरु छन्, सबैले यो विपत्तिमा सक्दो सहयोग गर्नुपर्छ ।

धरानमा मात्रै ७५ वटाभन्दा बढि चर्चहरु सबैले मुठ्ठी खोल्न जरुरी छ । प्राय ठूला मण्डलीहरु यतिबेला अग्रपंक्तिमा खटिनुपर्छ । प्रभु येशूका चेलाहरुले येशूको जस्तै मन र बिचारबाट सहयोग गर्नुपर्छ ।’

#MahaPratibadNews

Facebook Comments