लुथरनद्वारा मोरङ्गका १८०० घरधुरीहरुलाई साबुन वितरणका लागि सहयोग

जहदा गाउँपालिका वार्ड नं ४ का अध्यक्ष जयनरथ गिरीलाई साबुन हस्तान्तरण गर्दै लुथरन सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेन ।

७ अप्रिल २०२०, मोरङ । लुथरन सामुदायिक कल्याण समाजले मोरङ् जिल्लाका विपन्न वर्गहरुलाई लक्षित गरी ३६०० थान साबुन वितरणका लागि सहयोग प्रदान गरेको छ । लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय कानेपोखरी गाउँपालिका र जहदा गाउँपालिका वार्ड नं. ४ लाई साबुन हस्तान्तरण गरिएको हो ।

कोरोना भाईरस (कोभिड–१९) महामारीले विश्व थला परेको अवस्थामा नेपालमा पनि उक्त भाइरसबाट ९ जना संक्रमित भइसकेको पुष्टि भएको छ । भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले सबैक्षेत्रमा लकडाउन लागु गरेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय निकायसँगको सहकार्यमा साबुन वितरणका लागि सहयोग गरिएको हो ।

कोरोना भाइरसबाट बच्नका लागि नियमित रुपमा हात धुनु एक उत्तम उपाय हो भन्ने स्वास्थ्य विज्ञहरुको सल्लाह दिइरहेका छन्। यसै सन्दर्भमा समुदायका सदस्यहरुको हात धुलाई व्यवहारमा टेवा पु¥याउने हेतुले यस कार्यक्रमको व्यवस्थापन गरिएको हो । यस साबुन वितरण कार्यक्रम मार्फत १८०० घरधुरीहरु प्रत्यक्ष लाभान्वित हुने जानकारी स्थानीय जनप्रतिनिधिहरुले बताउनुभयो ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेज्यूलाई साबुन हस्तान्तरण गर्दै लुथरन सामुदायिक कल्याण समाजका समुदाय परिचालक रोसेन सोरेन ।

कानेपोखरी गाउँपालिका वार्ड नं. १ र २ मा साबुन वितरणका लागि १२०० थान साबुन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेज्यूलाई हस्तान्तरण गरिएको छ । यसैगरी, जहदा गाउँपालिका वार्ड नं. ४ का लागि २४०० थान साबुन वार्ड अध्यक्ष जयनरथ गिरीज्यूलाई हस्तान्तरण गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, दातृ निकाय लुथरन विश्व फेडेरेसन नेपालका परियोजना व्यवस्थापक यज्ञमूर्ति गौतम, लुथरन सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेन लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एकै ठाउँमा जमघट भएर वितरण कार्यक्रम राख्दा लकडाउनको उदेश्य विपरीत हुने र संक्रमणको जोखिम पनि उच्च हुने हुँदा धेरै भन्दा धेरै वितरण स्थलहरुको व्यवस्थापन गरी साबुन वितरण गरिने जानकारी वार्ड अध्यक्ष गिरीले बताउनुभयो ।

Facebook Comments