के हाम्रो परमेश्वर डाह गर्ने वा इर्ष्यालु हुनुहुन्छ ?

बाइबलमा गलाती ५ः२० पदमा उल्लेख गरिएको छ, इर्ष्या वा डाह एकप्रकारको पापमय स्वभाव हो । २१ पदमा हे¥यौँ भने अझ भनिएको छ, यस्ता काम गर्नेहरु परमेश्वरको राज्यको हकदार बन्नेछैनन् । तर प्रस्थान २०ः५ पदमा परमेश्वर आफैँ भन्नुहुन्छः किनकी म तिमीहरुका डाह गर्ने परमेश्वर हुँ । त्यसो भए के हाम्रो परमेश्वर इष्र्यालु हुनुहुन्छ ? किन हाम्रो परमेश्वर डाह गर्नुहुन्छ ? आउनुहोस् आज यस विषयमा हामी चर्चा गर्नेछौँ ।

सबभन्दा पहिला यी दुई पदहरुमा इर्ष्या शब्द कसरी प्रयोग गरिएको छ भनेर बुझ्नु अति नै महत्वपूर्ण छ । प्रस्थान २०ः५ मा प्रयोग गरिएको इष्र्या वा डाह शब्द गलाती ५ः२० पदमा पापलाई जनाउन प्रयोग गरिएको भन्दा फरक छ, जसरी प्रस्थान २०ः५ पद गलातीमा अध्याय र पद उल्टो हुने गरी गलाती ५ः२० पद भएझैँ यसमा प्रयोग गरिएको इर्ष्या वा डाह शब्दको आशय विल्कुलै फरक छ । जब हामी डाह शब्द प्रयोग गर्छौ, हामीसँग नभएको तर कसैसँग भएको कुरामा गरिएको इष्र्याको भावमा प्रयोग गर्छौँ । यस अर्थमा इर्ष्या वा डाहलाई सँधै नकरात्मक रुपमा लिने गर्दछौँ । एक व्यक्ति अर्को व्यक्तिप्रति इष्र्या गर्न वा इर्ष्यालु हुनसक्दछ, सायद ऊसँग राम्रो बाइक, घर वा सम्पत्ति होला तर अर्कोसँग नहोला । यसैगरि कुनै फरक शक्ति, क्षमता वा कौशलताको कारणले मानिसहरु एकअर्काप्रति इष्र्यालु हुन्छन् । वा दिदीबहिनीहरुले सुन्दरताको सवालमा एक अर्कामा इष्र्या गर्न सक्दछन् ।

प्रस्थान २०ः५ पद अनुसार परमेश्वर डाही हुनुहुन्छ, तर यस अर्थमा होइन कि उहाँसँग नभएको कुरा हामीसँग छ । परमेश्वरसँग नभएको कुरा हामीसँग के छ होला र ? केही पनि छैन । तर पनि उहाँ किन हामीप्रति डाही बन्नुहुन्छ ? प्रस्थान २०ः४–५ पदमा यसरी लेखिएको छः आफ्ना निम्ति खोपेर कुनै किसिमको मुर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमुर्ति नबनाउनु । तिनीहरुका सामु ननिहुरनु, तिनीहरुको पूजा नगर्नु, किनकि म परमप्रभु, तिमीहरुका डाह गर्ने परमेश्वर हुँ….. । यहाँ तपाईं याद गर्नुहोस, परमेश्वर डाही यसकारणले मात्र हुनुभएको छ, कि अधिकार सहित उहाँले मात्र पाउनुपर्ने कुरा वा उहाँको स्वामित्वमा रहेको महिमा जब अरुलाई प्रदान गरिन्छ ।

यी पदहरुमा परमेश्वरले उहाँलाई मात्र आराधना गर्नूको सट्टामा आफ्नै हातले मूर्तिहरु बनाउने, ती मूर्तिहरुलाई दण्डवत गर्ने र पूजा गर्ने मानिसहरुको बारेमा कुरा गर्नुभएको छ, जब कि सम्पूर्ण रुपले आराधना र महिमा परमेश्वरको हुनुपर्दछ । परमेश्वरको मात्र आराधना महिमा सेवा गरिनु उहाँको सिद्ध अधिकारको कुरा हो । प्रस्थान २०ः५ पदमा औँल्याए झैँ परमेश्वर बाहेक अरु कुनै कुराको आराधना वा सेवा गर्नु पाप हो । यदि हामी कसैप्रति इर्ष्यालु वा डाही हुन्छौँ, किनभने उसँग केही त्यस्तो चीज छ, जुन हामीसँग छैन वा हाम्रो होइन, यस्तो प्रकारको डाह वा इर्ष्या पाप हो, जुन गलाती ५ः२० पदमा वर्णन गरिएको छ । यसैकारणले प्रस्थान २०ः५ पदमा उल्लेख गरिएको डाह शब्द गलाती ५ः२० उल्लेख गरिएको इर्ष्या शब्द भन्दा फरक प्रयोग हो । परमेश्वर त्यो कुरामा डाही हुनुहुन्छ, जुन कुरा उहाँको मात्र हो, आराधना र सेवा उहाँकै हो र उहाँलाई मात्र दिइनुपर्दछ ।

एउटा व्यवहारिक उदाहरणले हामीलाई यो भिन्नता बुझ्न अझ सजिलो हुनेछ । कुनै श्रीमान्ले आफ्नी श्रीमति कसैसँग जिस्किँदै बोलेको, हिँडेको देख्दा उसले आफ्नो श्रीमतिप्रति डाह गर्नु उचित हो, किनभने उसको श्रीमति करार सहित बाँधिएको उसको जीवनसाथी हो, उसलाई बेमतलबसित आफ्नी श्रीमतिसँग जिस्किने अधिकार उसलाई मात्र छ । यस प्रकारको डाह वा इष्र्या पाप होइन । बरु यो पूर्ण रुपमा उपयुक्त छ, उसलाई डाह गर्ने अधिकार छ । जुन कुरा परमेश्वरले तपाईंको निम्ति भनेर घोषणा गर्नुभएको छ, त्यस कुराप्रति इर्ष्यालु हुनु राम्रो कुरा हो । तर यदि तपाई त्यस्तो कुराको इष्र्या वा चाहना गर्नुहुन्छ, जुन तपाईंको होइन, त्यो चाँहि पाप हो ।

प्रेरित पावलले २ कोरिन्थी ११ः२ पदमा वर्णन गरेको डाहको कुरा पनि यस्तै इश्वरीय डाहको विषयमा हो । किनकि आफूले दुःख कष्टको साथमा सुसमाचार प्रचार गरेर प्रभु येशूलाई ग्रहण गरेका विश्वासीहरुलाई कतै शैतानले भ्रममा पार्ने हो कि भनेर उनी डराएका छन् ।

अहिलेको समय भनेको आफैँले आफैलाई ऐनामा हेर्ने समय हो, कतै हामीले पनि परमेश्वरलाई दिनुपर्ने महिमा अरुलाई दिएर उहाँलाई डाही तुल्याएका त छैनौँ, दुःखित बनाएका त छैनौँ ? हामी मण्डलीमा बेलाबेला भजन गीत गाउँछौँः
प्रभु कति रुनुहुन्छ, हामी टाढो भागिजाँदा
किन भुलिबस्नु यहाँ ? समय छैन भुलिबस्ने ।

याद गर्नुहोस्, सारा आदर, महिमा, प्रशंसा र भक्ति परमेश्वरको हो, र यो उहाँलाई मात्र दिइनुपर्दछ । यशैया ४२ः८ पदमा परमेश्वर भन्नुहुन्छः म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो, मेरो महिमा म अरुलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरुलाई दिनेछैनँ । तपाई हाम्रो जीवनबाट उहाँको मात्र आराधना, प्रशंसा र महिमा हुनुपर्दछ । कृपया यस लेख तथा भिडियोको लिँकलाई आफुना सम्पूर्ण साथीहरुलाई शेयर गर्नुहोला । यदि तपाई विभिन्न चलचित्रका गीतहरु, कमेडी भिडियोहरु शेयर गर्नुहुन्छ तर यसलाई शेयर गर्नुहुन्न भने म पनि तपाईंहरुप्रति डाही हुनेछु। किनकि सुससमाचार प्रचार गर्नु हामी सबैको कर्तव्य हो ।

लेखन तथा सम्पादनः सुमन राई

यस विषयमा तयार पारिएको भिडियोबारे थप जानकारीका लागि लिंक यहाँ दिइएको छः

Facebook Comments