ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष पथरीमा आएर के–के बोल्नुभयो ?

माघ १६ गते अधिवेशन गर्ने निर्णय गर्दै आयोजक समिति चयन मोरङ । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको १ नम्बर प्रदेश भेला मोरङको पथरीशनिश्चरे–४ स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा भदौं ३० गते सम्पन्न भएको छ । भेलाले एनोश गजमेरको संयोजकत्वमा प्रदेश समिति चयन गरेको छ । समितिले आगमी माघ १६ गते १ नम्बर प्रदेशको अधिवेशन गर्ने भएको छ भने त्यसअघि प्रदेशका १४ जिल्लामा नै समिति विस्तार गरी सक्ने भएको छ ।

समितिको सदस्यहरुमा इन्द्रबहादुर नेपाली, डिल्लीराम पौडेली, धनराज राई, गायत्री प्रसाद थेबे, डिबी सिलास राई, सुकबहादुर राई, बिजय राई, हिमाङसु राय, भिम लामिछाने, एडवीन राई, मन खुदाङ, खगेन्द्र श्रेष्ठ, तारा दवाडी, जोन मुर्मु, सरोज राई, पूर्णलाल तामाङ, सूर्य तामाङ, धनकुमार राई, पूर्ण लिम्बु, योगेन्द्र राई, रामु सुवेदी र अविधन राई चयन भएका छन् । समितिले केन्द्रीय प्रतिनिधिको उपस्थितिमा जिल्ला जिल्लामा प्रशिक्षण सहित जिल्ला भेला ४ महिना भित्र सम्पन्न गर्ने र माघ १६ गते प्रदेश अधिवेशन गर्न महासंघका केन्द्रीय अध्यक्ष सिवी गहतराजले निर्देशन दिएका छन्।

मन्तव्यको क्रममा अध्यक्ष सि.बि गहतराज्यूले व्यक्त गर्नुभएका विचारहरु यहाँ भिडियोमा ३ भागमा प्रस्तुत गरिएको छ ।


राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको कार्यशैली: Part-1 | CB Gahatraj, President-FNCN



राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको कार्यशैली: Part-2 | CB Gahatraj, President-FNCN




राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको कार्यशैली: Part-3 | CB Gahatraj, President-FNCN



Facebook Comments