इसाईहरुलाई तक्मा लगाई दिन सरकारलाई सुझाव संसारभरीका नेपाली इसाईहरु महासंघमा आवद्ध हुन अध्यक्षको आव्हान

राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सि.बि गहतराज, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

पथरी । ३० लाख भन्दा बढि रहेका नेपाली इसाईहरुका कारण मुलुकमा समृद्धि आउन लागेकोले छानी छानी इसाईहरुको योगदानका आधारमा सरकारले तक्मा (पदवी) लगाई दिन राष्ट्रिय ख्रिष्टियन महासंघले सुझाव दिएको छ । भदौं ३० गते १ नम्बर प्रदेश स्तरीय राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको मोरङ पथरी शनिश्चरे स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा सम्पन्न भएको दोश्रो भेला तथा प्रशिक्षण कार्यक्रममा बक्ताहरुले सरकारलाई खुल्ला सुझाव दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष सिवी गहतराजले भने–‘नेपाली इसाईहरुका कारण यो देशमा ठूलठूला हस्पिटल बने, स्कुल तथा कलेजहरु खुले, सञ्चार क्षेत्रको विकास भयो । कुरिति, बिकृत्ति र बिसंगतिको अन्त्य भयो । अब सरकारले त्यसको मुल्याङ्कन गरी इसाईहरुलाई सम्मान गर्नु पर्छ । अहिले नेपाली ख्रिष्टियन समुदायका समस्या भनेको समाधिस्थल व्यवस्थापन, चर्च व्यवस्थापन, धार्मिक स्वतन्त्रता, शैक्षिक अधिकार तथा सूचना, सञ्चार र प्रविधि अधिकार स्थापना गर्नु रहेको छ ।’

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष गहतराजले देशको लागि प्रेम गरेर प्रार्थना गर्ने इसाईहरुलाई विभिन्न झुठो आरोप लगाई विभिन्न स्थानमा इसाईहरुलाई फसाइएको कारण देशमा भाँडभैलो भएको दाबी गरे । उनले इसाईहरु सोझा सिधा भएर देशको उत्थानका लागि क्रियाशील भएकै कारण मुलुकमा शान्ति, समृद्धि र प्रगतितर्फ बढिरहेको स्मरण गर्दै देश विकास गर्न इसाई समुदायलाई राज्यले साथ लिनु पर्ने बताए । सोही अबसरमा उनले विश्वभरी छरिएर रहेका नेपाली इसाईहरु राष्ट्रिय ख्रिष्टियन महासंघमा आबद्ध भन्दै गएको र महासंघमा आबद्ध हुन नसकेका मण्डलीहरुलाई धमाधम आबद्ध हुन आव्हान गरेका छन् । अध्यक्ष सिवी गहतराजले राष्ट्रिय ख्रिष्टियन महासंघमा ५ हजार भन्दा बढि मण्डलीहरु आबद्ध भईसकेको बताए । कार्यक्रममा महासंघका प्रबक्ता उद्धव चिमोरियाले देशको निम्ति इसाईहरुले ठूलो योगदान दिएकोले अब सरकारले त्यस्तो योगदान दिने इसाईहरुलाई छानी छानी तक्मा लगाई दिन सुझाव दिएका छन् । मानिसलाई गलत बाटोबाट फर्काएर असल बाटोमा हिडाउने काम नेपाली मण्डलीहरुले गरेको भन्दै उनले सत्य र असल काम गर्ने इसाईहरुलाई विभिन्न आरोप लगाएर दुरुत्साहित गर्न नहुने बताए ।

उद्धव चिमोरिया, सचिव–राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।
गिदोन लामिछाने– अध्यक्ष, राष्ट्रिय ख्रीष्टियान पत्रकार महासंघ नेपाल, आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा ।
पा. धनराज घिमिरे– उपमहासचिव, राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल, भेलालाई राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको बारेमा जानकारी गर्दै ।
कर्णलाल पाण्डे, सदस्य सचिव–राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल, भेलालाई सम्बोधन गर्नुहुँदै ।

कार्यक्रममा नेपाल ख्रिष्टियन पत्रकार संघका अध्यक्ष गिदोन लामिछानेले इसाई हुनु भनेको केवल धर्म परिवर्तन भनेर बुझ्न नहुने बताए । उनले भने–‘राज्यले इसाईहरुलाई राम्ररी चिन्न सकेको छैन, चिन्यो भने देशको अधिकार इसाईहरुको हातमा सुम्पिने छ । किनभने इसाईहरुमा इमान्दारिता, विश्वास र सकरात्मक सोंच हुने भएकोले हरेक कामलाई पारदर्शी र दुरगामी सकरात्मक परिणाम हुने प्रकारले काम गर्दछन् । देशमा भएका विभिन्न कुरितीको अन्त्य गर्न ईसाई शिक्षाले हरेक मानिसको हृदय परिवर्तन गराएकोले इसाईहरुलाई अब हरेक क्षेत्रबाट स्वागत हुने छ ।’

ख्रिष्टियन महासंघका उपमहासचिव धनराज घिमिरेले राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाली इसाईहरुको हक, हित र अधिकार प्राप्तिका लागि छाता संगठन भएको बताए । उनले अन्य समाजहरु गैरसरकारी संस्थाको हैसियत मात्र भएको भन्दै सरकारले गैरसरकारी संस्थासँग सम्झौता गर्न नसक्ने भएकोले नेपालमा इसाईहरुको आधिकारिक अभिभावकीय संगठन महासंघ भएको पुष्टि गरे । गैरसरकारी संस्थाहरु राज्यको नीति नियम र निश्चित कार्यक्षेत्रभित्र काम गर्नु पर्ने स्मरण गराउँदै महासंघले सरकारसँग पटक पटक वार्ता, छलफल र सम्झौता समेत गरेको प्रमाण प्रस्तुत गरे । त्यसैगरी महासंघका सदस्य सचिव कर्णलाल पाण्डे, सचिव प्रेम कार्की लगायतले संसारभरीका नेपाली इसाईहरु महासंघमा आवद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए ।

Ps. Prem Karki, Secretary-FNCN

इसाईहरुले आ–आफ्ना मण्डलीमा स्वतन्त्र रुपमा सेवा संगति गर्दै समाज र देशको लागि अझ बढि योगदान दिन सबैलाई आग्रह गरे । भेलामा १ नम्बर प्रदेशका १४ जिल्लाबाट सयौ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय ख्रिष्टियन महासंघ १ नम्बर प्रदेशका अध्यक्ष इन्द्रबहादुर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव डिल्लीराम पौडेलीले सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्वका विभिन्न इसाई र्संघ संस्थाका प्रतिनिधि एवम् चर्चहरुका अगुवाहरुको उपस्थिति रहेको थियो ।

Ps. Dhanraj Ghimire, Deputy General Secretary, FNCN
पा. डिल्लीराम पौडेली कार्यक्रम सँचालन गर्नुहुँदै ।

Text: Gideon Lamichane
Photo/Video: Suman Java/Pawan Rai

Facebook Comments