ख्रिष्टियनहरुको प्रदेश भेला पथरीमा हुने भेलालाई सम्बोधन गर्न महासंघका अध्यक्ष गहतराज आउने

धरान । एक नम्बर प्रदेशका १४ जिल्लाका इसाई अगुवा तथा पाष्टरहरुको भेला भदौं ३० गते मोरङको पथरी शनिश्चरेमा हुने भएको छ । भेलालाई सम्बोधन गर्न राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष सीवी गहतराज आउने भएका छन् ।

संविधानमा धर्मनिरपेक्षता लेखिए पनि त्यसको खिलापमा धर्मपरिवर्तनको महल खडा गरि अहिले देशका विभिन्न क्षेत्रमा इसाईहरुमाथि सरकारले झुटा आरोपमा पक्राउ गर्दै आएको छ । संविधान विरोधी ऐनको खारेजीको माग गर्दै धार्मिक स्वतन्त्रताको वकालतमा खरो रुपमा महासंघले आवाज उठाउँदै आएको छ । पूर्वमा हुन लागेको भेलाले बदलिदो परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा बृहत बहस गर्नुका साथै देशव्यापी रुपमा अल्पसंख्यक धार्मिक समुदाय ख्रिष्टियनहरुका मागलाई सरकार समक्ष पु¥याउने राष्ट्रिय ख्रिष्टियन महासंघ १ नम्बर प्रदेश सचिव डिल्लीराम पौडेलीले जानकारी दिए ।

पथरी शनिश्चरे –४ सम्झनाचौक जरायोटोल स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा भेला हुन लागेको प्रदेश अध्यक्ष इन्द्र नेपालीले बताए । उक्त अबसरमा इसाईहरुवाहरुलाई महासंघका अध्यक्ष सिवी गहतराजले प्रशिक्षण दिनुका साथै समसामयिक विषयमा छलफल भई प्रदेश स्तरीय कार्यक्रम समेत तय हुने भएको छ ।

भेलामा पूर्वका विभिन्न जिल्ला तथा नगर, गाउँबाट प्रतिनिधिहरुको सहभागिता हुने भएको छ । राष्ट्रिय ख्रिष्टियन महासंघले धार्मिक स्वतन्त्रताका साथै इसाईहरुमाथि राज्यले अन्य धर्मावलम्बी सरह समान व्यवहार गर्नुपर्ने माग गर्दै आएको छ । भेलाबाट प्रदेश कमिटिको चयन हुनुका साथै १ नम्बर प्रदेशमा नयाँ योजनाका साथ ख्रिष्टियन गतिविधि तिब्र बनाइने सचिव पौडेलीले बताए । उनले भने–‘केन्द्रीय अध्यक्ष आउनु हुने र उहाँले विशेष निर्देशन गर्नुहुने भएकोले पूर्वका सबै क्षेत्रबाट प्रतिनिधिहरु सहभागि हुन सकिने छ । त्यसका लागि भदौं ३० गते विहान १० बजेसम्म कार्यक्रम स्थलमा आउन सकिने छ ।

Facebook Comments