विलापको प्रार्थना सम्मेलन इटहरीमा सम्पन्न (फोटोफिचर)

इटहरी । अन्तर्राष्ट्रिय प्रार्थना समिति तथा सेफ होम सेन्टरको सँयुक्त आयोजनामा ‘राष्ट्रनिर्माणको लागि विलापको प्रार्थना’ सम्मेलन २४ भदौ, २०७६ का दिन सम्पन्न भएको छ । हलगडा इटहरी स्थित बाल सँगति भवनमा आयोजना गरिएको प्रार्थना सम्मेलनमा प्रदेश नं. १ लगायत देशका विभिन्न मण्डलीबाट ४०० भन्दा बढी इसाईहरुको उपस्थिति रहेको थियो ।

पाष्टर रामप्रसाद पौडेलको सञ्चालनमा सुरु भएको सम्मेलनमा स्तुती प्रशंसा तथा आराधना अगुवाई पाष्टर प्रमोद राईले गर्नुभएको थियो । प्रार्थना सम्मेलनका राष्ट्रिय संयोजक पाष्टर राजकुमार भण्डारीले विलापको प्रार्थनाको उदेश्य तथा आउँदो २०९० सालमा हुन गइरहेको अन्तर्राष्ट्रिय जागृति सम्मेलनको बारेमा प्रभुले दिनुभएको दर्शनको बारेमा बताउनुभएको थियो । पाष्टर भण्डारीका अनुसार आउँदो वि.सं. २०८० सालमा अन्तर्राष्ट्रिय प्रार्थना सम्मेलन यहि इटहरीमा आयोजना हुने, त्यसैगरि २०८५ सालको सम्मेलनमा विश्वभरिबाट १२० जनाको सल्लाहकार समितिको चयन गरि २०९० सालको अन्तर्राष्ट्रिय जागृति सम्मेलनको तयारी गरिनेछ ।

Pastor Rajkumar Bhandari sharing his vision.
Pastor Rajkumar Bhandari

प्रार्थना सम्मेलनमा प्रमुख वक्ताको रुपमा सिलिगुडीबाट आउनुभएका प्रभुका दास सिल्भानस तामाङ्ले प्रार्थनाको महत्व तथा आवश्यकताबारे बाइबलबाट नहेम्याहको कथालाई उद्धृत गर्दै वचन बाँड्नुभएको थियो । देश कमजोर हुनुको कारण सुरक्षाको पर्खाल भत्किएको कारणले हुँदछ, जसरी नहेम्याहले येरुशलेमको मन्दिरको पर्खाल निर्माण गरेका थिए, त्यसरी नै आज देश बचाउनको निम्ति प्रार्थनाको पर्खाल खडा गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

Rev. Silvanus Tamang, theme speaker of the conference.

विलापको प्रार्थना सम्मेलनका लागि निर्दिष्ट गरिएका एक–एक विषयवस्तुहरुलाई लिएर सामुहिक प्रार्थनाको लागि अगुवाई प्रार्थना संयोजक पुष्पा गौतमले लिनुभएको थियो । कार्यक्रमको अन्ततिर विलापको प्रार्थना सम्मेलनका संयोजक पाष्टर जोयल राईले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो।

Photos by Pawan Rai & Suman Java

Facebook Comments