नेपाली चर्चले समाज सुधारकाे कार्य गरेका छन्-गिदोन लामिछाने

धरान । नेपाल ख्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदाेन लामिछानेले नेपाली इसाई चर्चले समाज सुधारका काममा सबैभन्दा धेरै कार्य गरेकाे बताएका छन् । भदाै २३ गते धरान ५ स्थित डुनामिस चर्चकाे भवन उद्घाटन समाराेहमा बाेल्दै पत्रकार लामिछानेले भने- धर्मका नाममा अपराध गर्नेहरु यतिबेला सबैभन्दा बढि अत्तालिएका छन् । नेपालमा इसाईहरुकाे संख्या बढ्नु भनेकै सज्जन, सभ्य र धार्मिक मानिसहरुकाे संख्या बढेकाे हाे । देश र जनताकाे भलाे चाहने मानिसहरु भेला भएर प्रार्थना गर्ने स्थान भएकाेले नेपालमा जतिसक्दाे धेरै चर्चहरु निर्माण गर्न लाग्नुपर्छ । इसाईहरुकै कारण नेपालबाट दासप्रथा, सतिप्रथा, बलिप्रथाकाे अन्त्य भएकाे हाे । अब इसाईकै कारण जातीय विभेदकाे अन्त्य हुदैछ । इसाईहरुले लिङ्ग, वर्ग, भुगाेल, अार्थिक, सामाजिक, शैक्षिक, जातीय विभेलाई अस्वीकार गर्छन् र ईश्वरीय प्रेमलाई मानवीय व्यवहारद्वारा प्रमाणित गर्न चाहन्छन् ।

कार्यक्रममा इन्प्याक्ट जेनेरेशन मिनिष्ट्रजका प्रमुख सामुयल तामाङ्गले अाजकाे मानिस समस्या नै समस्यामा गुज्रिएकाले त्यसबाट मुक्ति पाउन ख्रिष्ट येशुकाे चरणमा जानु र मण्डलीमा परमेश्वरसंग नजिक रहनु पर्ने बताए । त्यसैगरी १ नम्बर प्रदेश इसाई समाजका महासचिव मेहेरमान ह्युज गिरीले धरानमा १४ हजार इसाई रहेकाे र ७० वटा चर्च स्थापना भएकाे बताए । उनले इसाईहरु इमान्दार, विश्वासिलाे र सहयाेगी हुने भएकाेले समाजमा सकरात्मक साेचकाे बिस्तार भएकाे बताए । साेही अबसरमा धरान ख्रिष्टिय समाजका अध्यक्ष शामुएल राईले नेपालमा जातीय विभेदकाे चरम रुप भएकाेले इसाई धर्ममा विभेद नहुने, येशुकाे शिक्षा मण्डलीमा सिकाइने भएकाेले इसाईकाे संख्या बढ्दै गएकाे बताए ।

कार्यक्रममा ५ नम्बर वडा सदस्य महेश्वर लिम्बु, इसाई धर्मगुरुहरु जाेशेफ गदाल, इश्वर जाेशी लगायतका बक्ताहरुले इसाई मण्डली बिस्तार हुनु समाजका लागि खुशीकाे कुरा भएकाे बताए । बक्ताहरुले मण्डलीमा संगति गर्न मानिसहरु अाएमा सामाजिक बिकृतिहरुकाे अन्त्य हुने दाबी गरेका छन् ।

डुनामिस चर्चका पाष्टर पिटर दर्नालकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रम गाेविन्द लामगादेले सञ्चालन गरेका थिए । कार्यक्रममा धरान, इटहरी, विराटनगर, उदयपुर, सिक्किम भारत लगायतबाट इसाई अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे भने स्थानीय विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधि र सयाै सर्वसाधारणकाे सहभागिता रहेकाे चर्चका संस्थापक राजन दर्नालले जानकारी दिएका छन् ।

Facebook Comments