लेटाङ् इसाई समाजद्वारा बाढीपिडीत ६० घरधुरीहरुलाई राहत वितरण

२ भदौ, २०७६ (तदानुसार १९ अगष्ट, २०१९) सोमबारका दिन लेटाङ् इसाई समाजले रँगेली नगरपालिका वार्ड नं. ८ क्षेत्रका ६० घरधुरीहरुलाई राहत वितरण गरेको छ । गत महिनामा भारी वर्षाका कारण बाढीबाट पिडीत भएका घरधुरीहरुको सर्वेक्षण गरि प्रति घरधुरी २५ केजी चामल, १ केजी नुन र १ लिटर खानेतेलको राहत प्याकेज वितरण गरिएको हो । सर्वेक्षणका लागि स्थानीय गैह्रसरकारी सँस्था लुथरन सामुदायिक कल्याण समाज तथा स्थानीय वडाकार्यलय मार्फत सम्पन्न गरिएको थियो । राहत वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडाध्यक्ष श्री ढकबहादुर आचार्य, प्रहरी उप निरीक्षक हस्त थापा लगायत लेटाङ् इसाई समाज र लुथरन सामुदायिक कल्याण समाजका प्रतिनिधिहरु उपस्थित थिए ।

मन्तव्यको क्रममा वडाध्यक्ष अचार्यले भने–‘धार्मिक सम्प्रदायले धर्ममा आकर्षण मात्र गर्ने होइन, सामाजिक कार्यमा पनि उत्तिकै चासो दिनु जरुरी छ ।’ कार्यक्रमको अन्त्यमा इसाई समाजका अध्यक्ष दिलिप थापाले सबै समन्वयकारी भुमिका खेल्ने सँस्था तथा सहयागीहरुप्रति धन्यवाद व्यक्त गरेका थिए ।

थप जानकारी भिडियोमा हेर्न सक्नुहुनेछः

Facebook Comments