Minor Revolution नयाँ म्युजिक एल्बमको बारेमा एड्रियन देवानले के भने?

गायक, गीतकार तथा वर्सिप लिडर एड्रियन देवानले नयाँ म्युजिक एल्बम रिलिज गर्ने तयारीमा छन्। नेपाली ख्रीष्टियान साँगितिक जगतमा एड्रियन देवान चिनाइराख्नुपर्ने नाम होइन । उनले रचना गरेका भजन गीत सँगीतहरुले अहिलेको युवा पुस्तामा ठुलो प्रभाव पारिराखेको छ । दार्जिलिङ्गको पेदोङ्गमा जन्मे हुर्केका एड्रियन हाल काठमाडौँ स्थित क्रसवे कम्युनिटी चर्चमा आराधाना अगुवाको रुपमा काम गरिरहेका छन् । कन्सर्ट तथा आराधनाको बारेमा सिकाउन बेलाबेला विश्वका विभिन्न देशको भ्रमणमा पनि व्यस्त हुने गायक एड्रियनको नयाँ एल्बम माइनर रेभोलुसन अहिले रिलिजको तयारीमा छ । यस नयाँ एल्बमको बारेमा संक्षिप्त जानकारी दिन एड्रियन देवानले आफ्नो फेसबुकमा निकै लामो पोष्ट गरेका छन् । फेसबुक पोष्टमार्फत उनी भन्छन्ः

‘माइनर रेभोलुशन’ – प्रत्येक व्यक्ति एक ब्रह्माण्ड हो; प्रत्येक व्यक्ति एक साम्राज्य हो…

‘रेभोलुशन’ शब्दको अंग्रेजी शब्दकोशमा दुई अर्थहरू छन्|
१. नयाँ प्रणालीको पक्षमा, सरकार वा सामाजिक व्यवस्थालाई क्रान्ति गरी उल्ट्याउनु|
२. परिक्रमा गरिरहेको अवस्था


यस एल्बममा प्रयोग गरिएको शब्द ‘रेभोलुशन’ ले दुवै परिभाषाहरुबाट अर्थ पैंचो लिएका छन्|

  • एउटा व्यक्तिले जित्न पर्ने सबैभन्दा ठूलो साम्राज्य ‘स्वयं’ हो। ‘स्वयं’ सबैभन्दा शक्तिशाली, व्यापक र धोका दिने शासक हो। भित्री साम्राज्य व्यवस्थित ढंगमा चल्नको लागि ‘स्वयं’को राजलाई उल्ट्याएर सहि शासकले सिंहासन पाउन पर्छ।
  • ब्रह्माण्ड छताछुल्ला नहुनको लागि यो सही केन्द्रको वरिपरि घुम्नु पर्छ। प्रत्येक व्यक्ति भित्रको ब्रह्माण्डमा सही केन्द्र छुटेको कारणले भित्री अराजकता छ, खैला-बैला छ। सही केन्द्र पहिचान गर्न आवश्यक छ र परिक्रमा पुनःसमायोजित गर्नपर्नेहुन्छ।

‘प्रत्येक व्यक्ति एक ब्रह्माण्ड हो; प्रत्येक व्यक्ति एक साम्राज्य हो…’ वाक्यको गहिराई यस एल्बममा समावेश भएको १० गीतहरूले पूर्ण रूपमा छिचोल्न नसक्ला की। यसैले हामीलाई भविष्यमा अरू थप १० गीतहरू आवश्यक पर्ने जस्तो भान भइरहेको छ।

शब्द ‘माइनर’ यहाँ छ किनभने एउटा बाहेक अरु सबै गीतहरू माइनर कर्डहरुबाट शुरू भएको छ। यहाँ “माइनर”को अर्थ “सानो” वा “महत्व कम भएको” होइन। माइनर रेभोलूशन एक मेजर रेभोलुशन नै हो।

‘माइनर रेभोलुशन’ धार्मिक आराधना एल्बम होइन। यो “सुसमाचार” शब्दको कडा अर्थमा सुसमाचार एल्बम पनि होईन, यद्यपि यसले सुसमाचारको कथालाई फरक दृष्टिकोणबाट पस्केकाछन्। यो एक विशेष व्यक्ति समूहको लागि डिजाइन गरिएको छैन। यो एल्बम सबैको लागि हो, जो आफैलाई र वरपरको संसारलाई वास्तवमै बुझ्ने कोशिश गरिरहेका छन, यद्यपी यसले श्रोताको हृदयमा स्पष्ट र सजिलो उत्तरहरू प्रदान गर्ने प्रतिबद्धता जनाउँन भन्दा पनि बढी अर्थपूर्ण प्रश्नहरू उब्जाउन खोजेका छन्|

यो एल्बम सबैको लागि हो तर सबैको लागि होइन पनि। हाम्रो समयमा जब मिडिया बाडीनै आएझैं उटपट्यान्ग मनोरन्जनका सामग्रीहरूले भरिएका छन् र लाखौंको संख्यामा दर्शकहरू तीहरु उपभोग गरिरहेका छन्, यस्तो समयमा यस एल्बमले बहुमतको आँखा-कानहरुलाई खिंच्न नसक्ला। हामी भाइरल हुन खोजिरहेका छैनौं तर केही श्रोताहरु जसले जीवनको गहिरो कुराहरुलाई खोजिरहेका छन् उनीहरुमा प्रभाव पार्ने उदेश्य हो|

‘माइनर रेभोलुशन’ यसका श्रोताहरूलाई जीवनको ‘सही केन्द्र’ र ‘सही शासक’लाई ईमान्दारीतासाथ खोजी गर्न उत्सुक गराउने एक प्रयास हो।

हाम्रो समाज अन्यायमा डुबेको छ र अराजकताले हाम्रो भित्री जीवनलाई राज गरेको छ। हामीलाई चाहिएको कुरा भनेको ‘क्रान्ति’ हो, एक असल क्रान्ति।

प्रतिक्षा सांच्नुहोला…

हालसम्म ऋतुहरु भाग १, ऋतुहरु भाग २ अनन्ततिर, ऋतुहरु भाग ३ घनिष्ट, अनुग्रहको इनार, लक्ष्यबोध, हर्ट ट्रान्सप्लान्ट, र नयाँ करारको हृदय गरि एड्रियन देवानका जम्मा ६ वटा म्युजिक एल्बमहरु रिलिज भइसकेका छन् र थुप्रै अरु एल्बमहरुमा पनि गीत गाएका छन् । यस हिसाबले यस माइनर रेभोलुसन एल्बम उनको सातौँ एल्बम हो । यस विषयमा प्रेरणा नेपालद्वारा बनाइएको भिडियो यहाँ हेर्न सक्नुहुनेछः

#MinorRevolution #AdrianDewan #PreranaNepal

Facebook Comments