आङ्गसाङ्ग होङ्गका अनुयायीहरुको चर्तिकलापछि इटहरी इसाई समाजले निकालेको प्रेस विज्ञप्ति

-पाष्टर राजकुमार भण्डारी, अध्यक्ष–इटहरी इसाई समाज

हिजोआज नेपालमा गैरइसाईहरु तथा कुनै पनि संप्रदाय वा व्यक्तिले गल्ती गर्दा पनि इसाईहरुलाई नै गालि गर्ने लर्को चलेको छ । अझै इसाइहरुलाई त झोले भन्ने उपनाम दिएर मुहारपुस्तकमा खिल्ली उडाउने महापूरुषहरुको कमि छैन । इसाईहरुलाई भेडो भन्ने महापूरुष तथा विद्धानहरुलाई देखेर पनि अचम्म लाग्न थालेको छ । भनिन्छ औंसिमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ । मैले के भन्न चाहेको भने, हिजोआज कतिपय मुहारपुस्तक महापूरुषहरुको आँखा पनि औंसीमा फूटे समान छ । किनकी उनीहरुको लागि इसाईहरुले राम्रै काम गर्दा पनि नराम्रो र धर्म परिवर्तन गराउन गराएको भन्ने देख्छन् । एकजना खान नपाएर मर्न लागेको मानिसलाई खाना दियो भने धर्म परिवर्तन गराउँन खुवाएको भन्छन्, कसैलाई विरामी भएर उपचारको लागि सहयोग गर्यो धर्म परिवर्तन गर्न सहयोग गर्यो भन्छन् । त्यतिमात्र होइन हिजोआज जोकोहिले पनि काम विगारे पनि इसाईहरुलाई झोले भनेर हेपाह, र खसालेर बोल्ने महापूरुषहरुको जीवनमा कहिले परिवर्तन आउला ।

नेपालमा विषेशगरी नेपाली समाज र नेपाल सरकारमा रहेका व्यक्तित्वहरु र पराकाल देखि हिजोआज मात्र पत्रकारिताको क्षेत्रमा प्रवेश गर्नु भएका आदरणिय पत्रकार महोदयहरुले इसाईहरु को हुन् ? कस्तो व्यक्तिलाई इसाई भनेर परिचय गराउन सकिन्छ भन्ने विषयमा अलि गहिरो अनुसन्धान गरेर मात्र इसाईहरु भन्ने शब्द चयन गरेर पत्रिकामा प्रकाशित गर्नु भयो भने तपाईंले पत्रकारको धर्म र पत्रकारिताको नैतिक आचारसंहितालाई सही प्रयोग गर्नुभएको पुष्टि हुन्छ । इसाई अथवा ख्रिष्टियन भनेको जसले येशू ख्रीष्टलाई कुनै व्यक्तिको जर्बजस्तीमा नभई, कुनै कुराको लोभलालचमा नभई, कुनै भौतिक सम्पत्ति आर्जन गर्ने लालचमा नभई, उसको अन्तस्करणबाट लोभलालच, जर्बजस्तमा नभई व्यक्तिगत निणर्यका साथ येशूलाई प्रभु र मुक्तिदाता भनी विश्वास गरेको व्यक्ति हो । उसको निर्णय यस्तो हुन्छ, चाहे आपत परोस, चाहे विपत परोस चाहे केहि नहोस चाहे प्रसस्तहोस् उ हर समय उसलाई सृष्टि गर्ने परमेश्वर माथि निर्भर हुन्छ । जसले येशूलाई चिनेकै छैन, जसको सम्बन्ध येशू ख्रीष्टसंग जोडिएकै छैन, चर्चभित्र प्रवेश गर्देमा, एक दुई पल्ट चर्चमा गएर भजन गाउँदैमा उसलाई ख्रिष्टियन भनेर परिचय गराउन मिल्दैन । उदाहरणको लागि नेपालमा धेरै वर्ष सम्म भिजा लिएर बस्ने विदेशीहरुछन् उनीहरु नेपालमा बसे भन्दैमा उनीहरुलाई नेपाली भनिहाल्न नमिले जस्तै चर्चमा पाईला हाल्ने वितिकै इसाई भनिहाल्न मिल्दैन ।

कूरो रह्यो विगत केही दिन देखी सामाजिक संजालमा भाइरल भइरहेको धेरै घटनाहरु मध्य एउटा परिघटना हो । इटहरीमा अवस्थित सियोन झुण्ड नितान्तै फरक शिक्षा र अभ्यास गर्ने समूह हो । यसलाई कुनै पनि कोणबाट इसाइहरुको दायरामा राख्नै सकिदैन । उनीहरुको ईश्वर, आस्था र मूक्तिको बाटो येशू ख्रीष्ट नभएर आन साङ होङलाई मान्दछन् । ख्रिष्टियन भनेर कसलाई परिचय गराउन सकिन्छ यस विषयमा मैलै । जुन समुहको, आस्था, विश्वास, बाटो, विचार र अभ्यास ख्रिष्टियनहरु भन्दा फरक छ । जसको विचार पूर्व र पश्चिम ध्रुविकरण भएको छ भने अनुभवी र सिकारु पत्रकार मित्रहरुले फरक विचारधारको समुहलाई कसरी ख्रिष्टियनहरु भनि लेख्न सक्नु भयो । उनीहरु आन साङ होङका अनुयायीहरु अथवा आनष्टियनहरु हुन् । ख्रिष्टियन हुनत ख्रीष्ट उनीहरुको हृदय भित्र हुनु पर्यो नि । सायद यो घटनाले सारा ईसाइ जगतमा धान खाने मूसा चोट पाउने भ्यागूता जस्तै बनाएको छ । सियोन मण्डली (आन साङ होङ) मूलधारको इसाई मत भन्दा फरक विचार राख्ने, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन) सँग आबद्ध केहि मानिसहरुलाई प्रयोग गरेर इसाई धार्मिक समुदायको बद्नाम गर्ने अतिवादीहरुको समुह हो । सियोन समूहका मानिसहरु प्रभू माता मान्ने गर्दछन् जुन बाइबल बिरुद्धमा छ । उनीहरुले बाइबल नै बोक्दछन् तर त्यसको अर्थ र परिभाषा भने उल्टोपाल्टो लगाउने गर्छन् । ख्रिष्टको विषयमा लेखिएको बाइबल बोकेर आन साङ होङको विषयमा अथ्र्याउँदै हिड्छन् ।

सन् १९६४ मा आन साङ होङले परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन) खडा गरे र अहिले १७५ वटा देशहरूमा २ हजार ५ सय भन्दा बढी मण्डलीहरू छन् भने करिब २५ लाख मानिसहरू उक्त मण्डलीमा आबद्ध भएको सियोनले दाबी गरेको छ । यस संस्थाले संस्थापक आन साङ होङलाई नै मुक्तिदाता (ख्रिष्ट) मान्दछ । कोरियाली आन साङ होङ नामक व्यक्तिद्वारा स्थापित तथा झाङ गिल्झा नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले नेपालका विभिन्न क्षेत्रहरुमा बसोबास गर्ने ख्रिष्ट्रियनहरुको घर–घरमा गई भ्रममा पार्ने, ख्रिष्ट माथिको विश्वासबाट भड्काउने प्रयास गर्दै आइरहेका छन् । विशेष गरी बाइबलीय शिक्षामा कमजोर रहेका तथा भर्खरै मण्डली जान शुरु गरिरहेकाहरुका माझ नियमित रुपमा जाने र मण्डली नेतृत्वको आलोचना गर्ने, ख्रीष्टलाई होइन आन साङ होङ तथा उनकी प्रचारिका कोरियाली महिला झाङ गिल्झालाई मान्न लगाउने जस्ता भ्रमित शिक्षा फैलाउने कार्य गर्दै आइरहेका छन् ।
सन् १९८५ मा उनको मृत्यु भएपछि उनकी आत्मिक पत्नी तथा अनुयायीहरुले सोसाइटीलाई ‘वल्र्ड मिशन सोसाइटी चर्च अफ गड’ को रुपमा संस्थापन गरे । झाङ गिल्झा स्वर्गीय माता परमेश्वर माता हुन् र आन साङ होङ परमेश्वर पिता र मण्डली सदस्यहरु उहाँहरुका छोरा छोरीहरु भनी दावि गर्छन् । यस सोसाइटीलको मानिसहरु ख्रीष्ट येशूलाई होइन तर आङसाङ होङलाई विश्वास गर्न आफ्ना प्रचारकहरुलाई परिचालन गरिरहेकाछन् ।

गैर ख्रिष्टियन समुह भित्र भइरहेको शोषण र अत्याचारको पर्दाफास अन्य व्यक्तिहरुलाई सर्तक गराउन र सियोन मण्डली के हो र यसले कस्तो अभ्यास र व्यवहार गर्छ भन्ने आम नेपालीले बुभ्mन आवश्यक थियो आज त्यो पाठ यस घटनाद्धारा पूरा भएको छ । यी माता र पिता परमेश्वर भनेर चिनिने समुह अर्थात भर्खर नै प्रयोगमा आएको शब्द होलि वाइन समुदाय नेपाल, नेपाली इसाई समुदायको लागि मात्र नभएर विश्वभर रहेका इसाई समुदायको लागि चुनौती सामना गर्नु पर्ने समुहको रुपमा चिनिदै आएको छ । अभिषेक कार्की र उनको परिवारमाथि गरिएको अन्याय गम्भिर रुपमा लिनु पर्छ तर यो उनीहरुले इसाई धर्ममा लागेको परिणाम भनेर गलत अर्थ लगाएर प्रसारित गरिएको छ यो सोह्रै आना गलत हो । यो त गलत मान्छे, गलत शिक्षा र लोभ लालचमा परि छाङ गील जा र आङ साङ होङको छोराछोरी हुनुको परिणाम हो । इसाई हुनुको परिणाम चोर, फटाहा, भ्रष्टाचारी, हत्यारा, सामाजिक अपराध गर्नेलाई पक्रेर कारवाईको दायरामा ल्याउनुको सट्टा, देशको सिमाना भारतिय एसएसबी बलले हत्याउदै गर्दा भारु र दारुको जालो लागेर देशको नदी नाला, सिमा अतिक्रमण र विक्रि वितरण गर्ने, बालुवाटार र टुँडिखेल देखि लिएर अरबौं घोटाला गरेको तथ्य प्रमाण बाहिरिदा पनि हातमा चुरा लगाएर, आँखामा कालो पट्टि बानेर केहि पनि गर्न नसक्ने पुलिस प्रशासन तर होटेलमा बस्दा राम्रो र सामाजिक काम गर्दा पनि धर्म परिवर्तनको भूmटा आरोप लगाएर पुलिस प्रशासनको कारवाई पर्ने समुह हुन् । हामी परमेश्वरमा विश्वास गर्नेहरु र ख्रिष्ट येशूलाई विश्वास गरि सारा जीवन नै उहाँले सिकाउनु भएको शिक्षा पालन गर्न लागि पर्ने र पालन गर्न अरुलाई उत्साह र हौसला दिने व्यक्तिहरु आफ्नो विचार, भाग र कुरा नमिल्दा ताण्डव नृत्य देखाउन र सडक र सामाजिक संजालमा सबै व्यक्तिहरुलाई चोट पूर्याउने हिसाबले होइन तर अरुको भलाईको लागि आफ्नो ज्यान र जीवनलाई जोखिममा पार्न लागि परेका व्यक्तिहरु हौ । हामी नेपाली इसाई, सर्वप्रथम नेपाली हुनुमा र त्यसपछि नेपाली इसाई हुनुमा गर्व गछौं ।

अध्यक्ष राजेस भण्डारीलाई मात्र नभई ‘अभिषेक कार्की र उनको समूह इटहरी स्थित सबै इसाईहरुलाई नै बारम्बार दुःख, धम्कि दिँदै आउने सियोन मण्डलीका प्रचारहरु हुन् भन्ने सिङ्गो इटहरी बासी इसाईहरुलाई थाहा छ । उनी ख्रिष्टियनहरुका घरघरमा गएर ख्रिष्टबाट भड्काउने र रुपियाँ पैसाको पछि मानिसहरुलाई दौडाउने, सियोन मण्डलीको जिम्मेवार र कट्टर कर्तव्यपरायण व्यक्ति हुन् । आज चोक्टा खान गाको बुढि झोलमा डुबेर मरी भन्ने अवस्थाको सृजना भए पछि र आफ्नो स्वार्थ पूरा नभए पछि पछि आफ्नो मात्र नभई सम्पूर्ण इसाई समूदायलाई नै बद्नाम हुनेगरी मिडियामा आपूmलाई भाइरल बनाउन खोज्नु गैरजिम्मेवारी र शर्म मान्नु पर्ने कुरो हो ।

यदि कार्की द्वय अन्यायमा परेका हुन् भने नेपाल सरकारको प्रचलित कानुन अनुसार अन्याय र शोषण गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारवाई गर्नु र पिडितलाई न्याय गर्नु असल हो तर ताक परे तिवारी नत्र गोतामे भने जस्तै मेरो जय नभएको कारण संपूर्ण इसाईहरुलाई त्यहि घानमा हालेर पिस्नु र अरुको आस्था र विश्वासमा ठेस पूग्ने गरी धर्मसँग जोडिएर प्रचारित हुनु दुःखद, निन्दनिय कुरा हो । घटना कुनै पनि व्यक्ति वा धार्मिक समुदायमा घट्न सक्छ तर एउटा व्यक्तिको कारण सम्पूर्ण समुदायलाई नै चोट पूरयाउने काम गर्नु कहाँसम्म न्यायसंगत हुन्छ । पत्रकारले पत्रकारिताको धर्म र आचार संहिता माथि कुठाराघात गर्नु पनि दण्डनिय अपराध हो । हामी ईसाइ समूदाय यसको घोर भर्सना गछौं ।

Facebook Comments