कारागारमा क्रिसमस शुभकामना आदानप्रदान

ईलाम नमुना कारागार , ६ मिति २०७५/९/५ | फ्रीडम फर फ्री र हिसप मन्डलि को आयोजनामा नमुना कारागार , ईलाम ६ मा ख्रीष्टमस सुभकामना आदन प्रदान कार्यक्रम सुसम्पन गरियो ।

प्रमुख अतिथी ईलाम नमुना कारागार प्रमुख, जेलर भक्त बहादुर खड्का ज्यु , विशेष अतिथि वडा न-६ वडा अध्यक्ष माधव प्रसाध भट्टराई ज्यु , कारागार सुरक्षा इन्चार्ज दल बहादुर तुम्बामफो ज्यु, हेल्थ असिस्टेन्ट पन्कज पोखरेल ज्यु अतिथीहरु ईलाम जिल्ला ईसाइ समाजका सचिव पा. अशोक गुरुङ , अन्तरिक सुरक्षा प्रमुख चौकिदार साजन तामाङ्, दिपक राई , हिसप मण्डलीका पा. मनि कु राई , राज कु पोखरेल , रुबेन सुनुवार , दिपक राई , बिजय राई, चन्द्र राई , प्रवेश पोखरेल, दिलिप प्रधान , सुवेन्द्र राई ज्यु रहनुभएको थियो।

प्रमुख अतिथि , विशेष अतिथी साथै अतिथि ज्यु हरुले मन्तव्य सथै ख्रीष्टमस शुभकामना राख्नु भएको थियो।
सुधार बन्दी गृहमा रहनु भएका दाजु भाई हरुलाई साँझमा ख्रीष्टमस भोज को आयोजना पनि गरिएको थियो साथै दिदी बहिनी हरुलाई अध्ययनको लागि पुस्तक हस्तान्तरण पनि गरिएको थियो ।

ईलाम नमुना कारागार प्रमुख, जेलर भक्त बहादुर खद्का ज्युले कारागार को तर्फबाट धन्यवाद पत्र साथै अन्तरिक सुरक्षा प्रमुख चौकिदार साजन तामङ ज्युले अन्तरिक बन्धी दाजु भाईको तर्फबाट विभिन्न बिधामा सहयोग गारेको भन्दै फ्रीडम फर फ्री नेपाल लाई धन्यवाद साथै प्रसंशा पत्र प्रधान गर्नुभएको थियो भने भित्रका अगुवा दयाल लिम्बू ज्युले मायाको चिनो आयोजक कमिटीलाई प्रधान गर्नुभएको थियो।

Facebook Comments