‘आयो है आयो’ क्रिसमस म्युजिक भिडियो सार्वजनिक

फादर राजेश राईको शब्द–सँगीत तथा शिला राई र फादरकै स्वयम् स्वरमा सजिएको नयाँ क्रिसमस गीतको भिडियो यु–ट्युबमा सार्वजनिक गरिएको छ । ‘आयो है आयो’ बोलको गीत रहेको उक्त भिडियोमा छायाँकन तथा सम्पादन इसहाक जबेगु तथा कोरियोग्राफी समिर योञ्जनको रहेको छ ।

गीत तथा भिडियोले आउँदै गरेको क्रिसमस र प्रभु येशू सँसारमा मानव भई जन्मिनुको उदेश्यलाइै बोकेको छ । फादर राजेश राई तथा प्रेरणा प्रोडक्सन्सको सँयुक्त लगानीमा निर्माण गरिएको यस आशिषमय भिडियोलाई यहाँ पनि हेर्न सकिनेछ:

Facebook Comments