भक्त भण्डारीको नयाँ म्युजिक एल्बम–अनन्तको आशा

नेपाली ख्रीष्टियान जगतका वरिष्ठ गायक भक्त भण्डारीको पाँचौँ गीति एल्बम ‘अनन्तको आशा’ बजारमा आएको छ । उक्त एल्बमको प्रोमो भिडियो युट्युबमा सार्वजनिक भइसकेको छ ।

सुमधुर स्वरका धनी भण्डारीको यस एल्बममा एक विवाह गीत सहित ७ वटा मर्मस्पर्शी भजनहरुको सँकलन रहेको छ। एल्बममा शब्द सँकलन, सँगीत सँयोजन भण्डरी स्वयम्को रहेको छ भने एल्बमका लगानी अमेरिका निवासी अमर राईले गर्नुभएको छ ।

प्रोमो भिडियो यहाँ हेर्नुहोस्ः

यस एल्बमका गीतहरुलाई प्राप्त गर्नका लागि दुई तरीका अपनाउन सकिनेछ । पहिलो, कलाकारसँग सिधा सम्पर्क गरी ह्वाट्स्एप वा इमेल मार्फत गीत प्राप्त गर्ने र निश्चित रकम कलाकारलाई बैँक वा रेमिट्यान्स् मार्फत पठाउने; सिधा सम्पर्कका लागि मोबाइल नम्बरः+977-9817902042(भक्त भण्डारी) वा मोबाइल नम्बरः+977-9817070103 (Suman Java) मा सम्पर्क गर्न सकिनेछ । दोश्रो, यस एल्बमका गीतहरुलाई अनलाईन स्टोरमा बिक्रीका लागि राखिएको, जहाँ गएर आफ्नो ‘एटीएम’को नम्बर मार्फत पुरै एल्बम वा मन परेको भजनहरु डाउनलोड गर्न सक्नुहुनेछ ।

अनलाईन स्टोरबाट गीत डाउनलोड गर्न, लिँक यहाँ दिइएको छः https://store.cdbaby.com/cd/bhaktabhandari

Facebook Comments