२३ वर्षे जेल जीवन पश्चात येशूलाई भेटेपछि..

झ्यालखानामा आत्महत्या गर्न खोजेका भोला विश्वकर्माले कसरी येशू ख्रीष्टलाई चिने ? सुन्नुहोस् उहाँसित कमल अधिकारीद्वारा रेडियो पर्यावरण चक्र १०४.२ मा लिइएको यस अन्तर्वार्तामा ।

२३ वर्ष जेल जीवन बिताएका भोला विश्वकर्माले येशूलाई पाएसँगै तिनको जीवनमा नाटकीय परिवर्तन आयो । २०२३ सालमा सर्लाही जिल्लामा जन्मेका भोला एक पटक मानव बेचबिखन र अर्को पटक मानव हत्याको आरोपमा परी दुई पटक जेलमा परे र तिनले जेलमा जम्माजम्मी २३ वर्ष बिताए । नख्खु कारागारमा छँदा २०६५ सालमा येशूलाई आफ्ना प्रभु र मुक्तिदाता भनी ग्रहण गरेपछि तिनको जीवनमा नाटकीय परिवर्तन आयो र आफूले भेट्टाएको शान्तिको मार्ग तिनले अरूहरूलाई पनि बताउन थाले । तिनको सेवाद्वारा जेलमा नै दर्जनौँ मानिसले नयाँ जीवन पाइसकेका छन् ।

२०७३ सालमा जेलबाट मुक्त भएका तिनी धेरैभन्दा धेरै बन्दीहरूलाई प्रभु येशूमा जित्नु नै आफ्नो जीवनको लक्ष्य ठान्छन् । नेपालका ५० ओटा बन्दीगृहमा पुगिसकेका तिनी हाल विभिन्न कारणले जेल जीवन बिताइरहेका बन्दीहरूका बिचमा येशूमा पाइने शान्तिको बारेमा बताउन प्रतिबद्ध छन् । कैयौँ बन्दीहरू मात्र नभएर बन्दीगृहका कर्मचारीहरू पनि भोलाका मित्र बनेका छन् र तिनको परिवर्तित जीवनबाट तिनीहरू छक्क परेका छन् ।

Facebook Comments