आराधनाको शक्ति

अमेरिकाको जर्जिया राज्यको राजधानी शहर एट्लान्टामा एक समय रवि जकरिया कपाल कटाउँदै थिए।

कपाल कटाई आधी भएको थियो होला उनका कपाल काट्दै गरेकी उमेरले तीस बत्तीसकी महिलाले (उनको नाम निकोलेट) प्वाक्क सोधिन, “तपाँई ख्रीष्टियन हो?”

अचानक यस्तो प्रश्नले रवि जकरिया छक्‍क परे।

उनले भने, “तपाँईले मलाई यस्तो प्रश्न किन सोध्नुुुभयो?”

“मलाई थाहा छैन” -निकोलेटले भनिन् र पुनः प्रश्न दोहोर्याईन “केे तपाँई ख्रीष्टियन हो?”

“हो, रविले भने म ख्रीष्टियन हुँ, तपाँई ईरानियन हो?”

“हजुर,” निकोलेटले जबाफमा भनिन्।

“अनि तपाँई नि?”- रविले पनि सोधे।

निकोलेट बोल्दै गईन्, “पहिले त म एक मुस्लिम थिएँ तर अहिले म पनि एक ख्रीष्टियन हुँ।”

“तपाँई ख्रीष्टियन!?” -रविले अचम्म मान्दै सोधे।

“हजुर म एक ख्रीष्टियन विश्वासी हुँ।”

“तपाँई कसरी ख्रीष्टियन विश्वासी हुनुभयो त?”- रविले सोधे।

कैँचीको आवाजमा आवाज घोल्दै उनी भन्दै गईन्,

“डा. रवि,- पछिल्लो साल म एकजना ग्राहकको कपाल काटिरहेेेेको बेला ती ग्राहकले ऐनामा मेरो अनुहारमा हेरीरहेको मैले ख्याल गरेँ। मैले असहज महशुस गरेँ। मैले उनलाई सोधेँँ,- “तपाँईले मलाई किन यसरी हेर्नुभएको?”

तिनले भने, “किनकि मैले मेरो जीवनमा यत्तिको उदास मुहार कहिल्यै देखेकै थिइनँ, पक्कै केही कारण हुनुपर्छ, त्यो के होला, कतै तपाँईको हृृदयमा कुनै ठुलै चोट त छैन?”

निकोलेट भन्दै गईन्, “मेरो हृदय छचल्कियो, कपाल काट्न छोडेर कैँची, काँईयो हातैमा लिएर म रोएँ।”

मैले तिनलाई सोधेँ, “तपाईंले किन यस्तो भन्नुभयो?”

तिनले भने, “मैले अघिदेखि नै ऐनामा तपाँईलाई हेरीरहेको थिएँ, केही कारण त अवश्य हुनुपर्छ, त्यो के होला?”

मैले भनेँ, “आज कै दिन मेरो बिवाह टुटेको छ।”

“मलाई क्षमा गर्नुहोस्” भन्नु बाहेक उनी केही बोलेनन्।

कपाल काटिसकेपछि उनले मलाई मेरो नाम सोधे। मैले भनेँ, “म निकोलेट”।

“निकोलेट, -उनले भने, तपाँईले मलाई फेरी कहिल्यै देख्नुहुनेछैन। आजै राति म मेरो आफ्नो मुलुक स्वीजरल्याण्ड फर्कँदैछु। म एक मिशनरी (सुसमाचार प्रचारक) हुुँ। म सँग तपाँईलाई दिने केही छैन तर म सँग यो एउटा सिडी छ। म चाहन्छु भरे तपाँई घर जाँदा बाटोमा यो बजाएर सुन्दै जानुहोस। अनि म तपाँईलाई यहाँ (एट्लान्टा) स्थित एक ईरानियन चर्चको ठेगाना दिँदैछु। यो सीडी सुन्नुभएपछि यस बिषयमा अझै केही जिज्ञासा भएमा यी चर्चका पाष्टरसँग कुरा गर्न सक्नुहुनेछ। यहाँ उहाँको सम्पर्क नम्बर पनि छ।

राति घर फर्किँदा बाटोमा सीडी सुन्दै गएँ। मैले खासै केही बुझिनँ तर जसै एउटा भजन बज्यो त्यो “अमेजिङ ग्रेस भन्ने भजन थियो।” त्यसले मेरो हृदय तान्यो।

डा. रवि, “यसका सबै शब्दार्थ बुझ्न नसके पनि त्यो भजन नसकिईञ्जेल म मेरो कारबाट बाहिर निस्किईनँ। त्यो भजनले मेरो हृदय छोयो।

मैले महशुस गरेँ, “यसमा अवश्य केही न केही असल त छ, तर मैले केही पनि बुझ्न सकिरहेकी थिईनँ ”

मैले ती पाष्टरलाई सम्पर्क गरेँ। मैले ख्रीष्टियन विश्वासलाई ग्रहण गरेँ। मैले मेरो भाई अनि मेरी आमालाई पनि ख्रीष्टियन विश्वासमा डोर्‍याएँ। अहिले हामी सपरिवार ख्रीष्टमा जिईरहेका छौँ।”

Source: RZIM

अनुवाद: Amrit Rai

पुनश्च: आराधना र प्रशंसाको एउटा भजनले ख्रीष्टमा कैल्यै नबाँचेको व्यक्तिको हृदय त्यसरी छुन्छ अनि परमेश्वरको बिषयमा बुझ्न खोज्ने उत्सुकता मात्र उसमा जाग्दैन बरु ऊ आफुु अनि आफ्नो सपरिवारलाई पनि ख्रीष्टमा डोर्‍याउँदछ।

परमेश्वरको बचन एउटा रायोको दाना जस्तै हो जो सानो भएपनि जब असल जमीनमा पर्दछ त्यो उम्रीन्छ, झाँगिदै जान्छ अनि धेरै चरा चुरुङ्गीहरुले यसमा गूँड लगाउँदछन्।

Facebook Comments