झापा, माघ ५ शुक्रबार, २०७४ । लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा झापा जिल्लाको कमल गाउँपालिका वार्ड नं. १ का ५० घरधुरीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । बाढीपीडित, अति विपन्न, एकल महिला तथा सुत्केरी महिला सदस्य भएका घरपरिवारहरुलाई लक्षित गरि उक्त कम्बल वितरण गरिएको हो ।

न्यानो कपडा वितरणका लागि आर्थिक तथा प्राविधिक सहयोग लुथरन विश्व फेडेरेसन तथा एक्टएलाइन्स मार्फत प्राप्त भएको हो । वडाध्यक्ष केदार कटवाल लगायत वार्डका प्रतिनिधिहरु, लुथरन विश्व फेडेरेसन–दमकका प्रतिनिधिहरु लगायत लुथरन सामुदायिक कल्याण समाजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा कम्बल वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा मन्तव्य दिँदै वडाध्यक्ष कटवालले लुथरनको बाढीपीडितहरुका लागि पुनस्र्थापन परियोजना अन्तर्गत समुदायमा गरिएको चर्पी सहयोग, कामका लागि दाम, बस्ती पुनःनिर्माण जस्ता विकासका कामका लागि आभार व्यक्त गर्नुभएको थियो ।

Facebook Comments