सुर्य रसाइलीको क्रिसमस गीत यु–ट्युबमा सार्वजनिक

आराधना अगुवा तथा गायक सुर्य रसाईलीले आफ्नै यु–ट्युब च्यानल मार्फत आप्mनो नयाँ क्रिसमस गीत रिलिज गरेका छन् । उक्त गीतमा उनको आफ्नै शब्द, सँगीत तथा स्वर रहेको छ भने एरेन्जरको काम सुजन मुखियाले गरेका छन् ।

केही महिना अगाडि मनोज लिम्बूसँगको सहकार्यमा ‘येशू माथि’ नामक एल्बम सार्वजनिक गरेका थिए । हालसम्म उनको ९ वटा आराधनामय हृदयस्पशीय ख्रीष्टीय भजनहरु रेकर्ड गरिसकेका छन्, ती सबै गीतहरुमा आफ्नै शब्द, सँगीत तथा स्वर रहेको छ । उक्त गीतहरु आधिकारिकता सहित ‘प्रेरणा प्रोडक्सन्स्’ नामक यु–ट्युब च्यानलमा अपलोड गरिएका छन् । उक्त च्यानलको लिँक यसप्रकार रहेको छः https://goo.gl/XiqNMA

हाल सुर्य रसाइली नेपाल रन म्युजिक मिनिष्ट्रिजसँग आबद्ध रहेर आराधना अगुवाहरुको निर्माणको सेवकाईमा अहोरात्र खटिरहेकाछन् साथै नयाँ गीत लेखन तथा रेकर्डिङ्गको लागि पनि उत्तिकै व्यस्त रहेका छन् ।

Lyrics:
(पवित्र बालक)–४
(सिद्ध इश्वर पुत्र, स्वागत गर्छौँ,
हाम्रो संसारमा)–२
(पवित्र बालक)–२

(तपाईंले प्रतिज्ञा गर्नुभयो,
हामीले प्रतिक्षा ग¥यौँ)–२
(एउटा सानो तपाईको निम्ति
तयार छ बस्नलाई)–२
(हामी स्वागत गर्दछौँ)–२
हाम्रो सँसारमा ।

Lyrics/Music: Surya Rasaily
Arranger: Sujan Mukhiya
To SUBSCRIBE and support Surya Rasaily, CLICK HERE>> https://goo.gl/asxNRm

Facebook Comments